जनजातिको बहसलाई मुलुकले समयमा चिन्न सकेन : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासानमन्त्री अमनलाल मोदीले मुलुकले जनजातिको बहसलाई समयमा चिन्न नसकेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित २९ औं विश्व आदिवासी दिवस-२०८० को अवसरमा मन्त्री मोदीले संविधान निर्माण गर्दैगर्दा पनि यस मुुद्दामा राज्य चुकेको बताए।

उनले भने ‘जति बेला हामी संविधानसभा निमार्णको क्रममा थियौं, त्यति बेला जनजातिहरू आफ्नो अधिकारको क्रममा बहस गर्दै थिए, त्यति बेला हामीले चिनेनौं। संविधान निमार्णको क्रममा बाख्राको गोठालो चितुवालाई बनाइदिएपछि बाख्रा खोजेर पाइन्थ्यो र?’

मन्त्री मोदीले सत्तामा र नेतृत्वमा हुनेहरूले बोलेर मात्र नहुने, हरेक तवरबाट विभिन्न आदिवासी तथा जनजातिको हक अधिकारका निम्ति काम गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *