सुन प्रकरणमा संसद भवनमा अनसन बस्ने भएपछि सांसद शर्मालाई पक्राउ गरियो : रघुजी पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले सांसद सुनिल शर्मालाई सुन प्रकरणलाई लिएर संसद भवनमा अनसन बस्छु भनेपछि पक्राउ गरिएको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरूसँग सांसद पन्तले वकिलहरूले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको बताए। अर्थमन्त्री र गृहमन्त्रीको विरूद्धमा समेत अनसन बस्छु भनेपछि यतिखेर आएर सांसद शर्मा पक्राउ परेको प्रस्ट भएको पनि उनको भनाइ थियो।

उनले भने, ‘उहाँ दोषी देखिनुभएको छ भने हाम्रो भन्नु केही पनि छैन। तर मैले वकिलहरूको, केही साथीहरूको कुरा गराइबाट उहाँको म्याद नाघिसक्यो, दुई वर्ष म्याद नाघिसक्यो, अहिले जे कारणले कारबाही गर्‍याे यही सुनकाण्डलाई लिएर म अनसन बस्छु संसदमा भनेको कारणले हो, त्यसमाथि अर्थमन्त्रीका साथै गृहमन्त्रीको विरूद्धमा पनि अनसन बस्छु भनेकोले पक्राउ गरेकोमा ठूलो आशंका छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर