भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्रीले राजीनामा गरेकै राम्रो : ओली

'पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेको आरोप लगाउँदै उनलाई सत्ताको नेतृत्व गर्न अफ्ठ्यारो लाग्नुपर्ने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैंले पनि राजीनामा गर्न उचित हुने बताएका हुन्।

‘प्रधानमन्त्री पनि यति अयोग्य, नालायक र भ्रष्टचारको चाङमाथि, म नेतृत्व गर्छु भन्न अफ्ठ्यारो लाग्नुपर्ने हो। उहाँले आफैं राजीनामा गर्नुपर्ने हो। गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको हो?,’ ओलीले भने, ‘आश्चर्यको विषय हो यो। त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो यो, यो जिम्मेवारी बिल्कुल वहन नगरेर फेरि पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अफ्ठ्यारो लाग्दैन?

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य भएको समेत बताएका छन्।

‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि, विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ। यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्‍याे भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ,’ ओलीले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *