रूसमा पेट्रोल पम्पमा आगो लाग्दा ३० जनाको मृत्यु, सय बढी घाइते

रूसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा तीन बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ। १०५ जना  घाइते भएकाे द गार्जियनले जनाएकाे छ।

आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्पमा सोमबार राति आगो लागेको हो। अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्ण रूपमा निभाइएको छ।

अधिकारीहरूका अनुसार दागेस्तानको राजधानी मखाचकलाको मुख्य सडकको छेउमा रहेको कार मर्मत पसलबाट आगलागी सरू भएर नजिकैको पेट्रोल पम्पमा विस्फोट भएको हो।

रूसी स्वास्थ्य मन्त्रालयले मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ।

दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताएका छन्।

आगलागीको खबरलगत्तै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारीले घटनास्थल पुगेर नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *