एमालेले प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर संसद अवरूद्ध गर्‍याे : अर्थमन्त्री महत

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरूद्ध गरेको आरोप लगाएका छन्।

बुधबार जनकपुर पुगेका अर्थमन्त्री महतले प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको बताए।

‘सहज रूपमा सरकारलाई स्वीकार गर्ने गर्नुपर्‍याे। प्रतिपक्षमा बस्ने बित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नि,’ उनले भने।

एमालेले बिनाकारण संसद अवरूद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुदाँ कयाैं काम रोकिएको बताए।

‘संसद भनेको जनताले निर्वाचित गरेका जनप्रतिनिधिले समसामयिक विषयमा घनिभूत छलफल गर्ने थलो हो। ऐन-कानून बनाउने थलो हो। कतिपय ऐन हामीले संघीय संरचनाअनुसार परिर्माजन गर्नुपर्ने छ,’ उनले भने, ‘संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ। स्थानीय निकायलाई बलियो बनाउनु छ। प्रदेश संरचनालाई बलियो बनाउनु छ। संसद नचलेर संघीय कानून नबनेर स्थानीय प्रदेश कानून बनाउन अड्चन आइहरेको छ।’

आफूहरू प्रतिपक्षमा रहँदा अनावश्यक रूपमा सदन अवरूद्ध नगरेको उनको दाबी छ। ‘हरेक पटक केही न केही बहानामा त्यो संसदलाई बन्धक बनाइराख्ने, यो भयो भने त यी कुराहरू अगाडि बढ्दैनन् नि। नेपाली कांग्रस जबसम्म प्रतिपक्षमा थियो कहिले पनि हामीले संसदलाई अनावश्यक रूपमा बन्द गर्ने बहाना खोजेर बन्द गर्ने त हामीले गरेनौं नि,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर