विगतको तुलनामा अपराध बढ्दै गयो : काठमाडौं प्रहरी

जिल्ला प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै विगतको तुलनामा अपराधका घटना बढ्दै गएको बताएको छ ।

शुक्रबार प्रहरी परिसर, काठमाडौंमा पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रम गरेर साउन महिनाको अपराधको विवरण सार्वजनिक गर्दा अपराधको घटना बढेको बताएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा अभद्र व्यवहारका ४४३ घटना भएका छन् भने बैंकिङ कसुरमा २१२ घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा यी घटनाहरु निकै बढी हो । आर्थिक वर्ष २०७९/८० मा अभद्र व्यवहारका ३७९ मात्र घटना भएको थियो ।

कार्यक्रममा परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले अपराधहरू जति नियन्त्रण हुनपर्ने हो त्यति हुन नसकेको बताए ।

‘यो साधारण पुलिसबाट हुन सक्ने काम हैन । नलेज भएको टिम चाहिन्छ । जति हुनु पर्ने त्यही रूपमा नियन्त्रण भएको छैन । तर, हामी सूचनाको आधारमा मात्र काम भइरहेको छ । साइबर ब्यूरोसँग समन्वय गरेर काम गर्छौं । पुलिसको काममा योजना भन्ने हुँदैन ।’

ढुंगेलले साइबर ब्यूरोको समन्वयमा काम गर्ने बताएका छन् । यस्ता कार्यका लागि सूचनाको पहँचको अभाव र समन्वयनको अभाव रहेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर