पिस्तोल बोकेर नेपाल छिरेका दुई युवा सशस्त्रको फन्दामा

एकथान अटोमेटिक पिस्तोल र अर्को घरेलु हतियार बोकेर रातको समयमा भारतबाट नेपाल आउँदै गरेका दुई युवा सशस्त्र प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई दुई वटा पिस्तोलसहित सशस्त्र प्रहरी बल, नेपालको टोलीले पक्राउ गरेको हो ।

बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।
उनीहरू बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका–६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।

चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको डीएसपी थापाले पर्दाफासलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *