शिक्षा

काठमाडौं महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिने

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यस वर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले बताए।

उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रूपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० रूपैयाँ थप गरेर २५ रूपैयाँ बनाएको थियो।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ रूपैयाँमा महानगरले १५ रूपैयाँ थप गरी ३० रूपैयाँ पुर्‍याएको कोइरालाले बताए।

भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर