अर्थमन्त्री महत क्यानडा प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन्। क्यानडामा आयोजना हुने ग्लोबल इनभाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं सभामा भाग लिन अर्थमन्त्री महत आइबार राति ९:३० मा क्यानडा प्रस्थान गरेका हुन्।

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन्। यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागी छन्।

अर्थमन्त्री महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन्। जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

क्यानडा बसाइको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैरआवासीय नेपाली र अन्य दातृ निकायका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर