चीन भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उजी गत साउन २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रर्दशनी तथा मेलामा सहभागिता जनाएका थिए।

उपराष्ट्रपति यादवका साथमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजीविक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *