भारतीय गायिका शिल्पा राव काठमाडौंमा, गरिन् नेपालको प्रशंसा

भारतीय गायिका शिल्पा राव नेपाल आएकी छिन्। शुक्रबार सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन गायिका राव बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन्।

काठमाडौं उत्रिएलगत्तै सञ्चारकर्मीसँग उनले नेपालको खुलेर प्रशंसा गरिन्। उनले भनिन्, ‘तपाईं धेरै सुन्दर ठाउँमा बस्नुहुन्छ।’

लगत्तै गीत गुनगुनाएकी उनले सञ्चारकर्मीसमक्ष ‘जो भी है सब मेरा, तेरे हवाला कर दिया’ सुनाइन् ।

तपाईंको काठमाडौंमा अपेक्षा के हो?, पत्रकारको प्रश्नमा उनले भनिन्, ‘म प्रस्तुति दिन चाहन्छु। तपाईं मनदेखि सुन्नुस्, हामी धेरै रमाइलो गर्नेवाला छौं।’

उनले पत्रकारको आग्रहमा विमानस्थलमै अर्को गीतसमेत गुनगुनाएकी थिइन्।

रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्न लागेको सो कार्यक्रममा भाग लिन राव पहिलो पटक नेपाल आएकी हुन्।

सो कार्यक्रममा सहभागी हुन चाहनेले माई पे अनलाइनमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए। माई पे कार्यक्रमको टिकटिङ पार्टनर हो।

कार्यक्रममा हेप्पी वक्स, वेभ, आईएसएस साउण्ड, पठाओलगायतले सहकार्य गरेका छन्। कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्दैछिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर