देवीप्रसाद न्यौपाने जुझारू लडाकु हुनुहुन्थ्यो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता देवीप्रसाद न्यौपानेसँग आफूले सँगै जेल जीवन बिताएको स्मरण गरेका छन्।

काठमाडौंमा नेपाली कांग्रेसका नेता स्वर्गीय देवीप्रसाद न्यौपानेको सम्झनामा आयोजित दोलखा जिल्लाका अग्रज राजनीतिकर्मी एवं जनप्रतिनिधिलाई विशेष सम्मान समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले स्वर्गीय न्यौपानेले पार्टीलाई आजको अवस्थामा ल्याउन ठूलो योगदान दिएको स्मरण गरे।

‘नक्खु जेलमा सँगसँगै बस्दाखेरि साहसी, जुझारू लडाकु, कहिल्यै नथाक्ने मान्छेको रूपमा मैले उहाँलाई बुझेको थिएँ। जेलबाट छुटेपछि पनि हाम्रो भेट भइरहन्थ्यो,’ उनले भने।

न्यौपानेले राजनीतिमा देखाएको बाटोलाई सम्झेर काम गर्न सके मात्रै उनीप्रति सच्चा श्रद्धान्जली हुने उनको भनाइ छ।

त्यस्तै उनले न्यौपानेको असामयिक निधन भएको भन्दै परिवारलाई समवेदना व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *