एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

नेकपा (एकीकृत समाजवादी) ले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ।

सोमबार बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको जानकारी दिएका हुन्।

उनले भने, ‘हामीले नेपालमा एमसीसी कार्यान्वयनको स्तरमा छ, एमसीसीको बारेमा हाम्रो पार्टीको स्पष्ट धारणा छ। हाम्रो पार्टी आज पनि व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउन, अंग बनाएको छ कि छैन, भोलि कस्ता समस्याहरू यसमा पैदा हुने छन् त्यसको रक्षा गर्न, अनुगमन गर्न हाम्रो पार्टीले एउटा एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ। यो प्रयोजनको लागि पाँच सदस्यीय समिति बनाएका छौं।’

उनले समितिमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एक जना विषय विज्ञ राखिने बताए।

उनले भने,‘ समितिको संयोजकमा राजेन्द्र पाण्डे हुनुहुन्छ, यसको सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एक जना विषय विज्ञ हुनुहुन्छ। उहाँको नाम चयन गर्न बाँकी छ।’

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त राष्ट्रसंघ र चीन भ्रमणबारे पार्टीले छलफल गर्ने निर्णय गरेको पनि बताए।

उनले भने, ‘अर्को निर्णय संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन र चीनको भ्रमण जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका टोलीले चीन भ्रमणमा के कस्ता परियोजनामा छलफल गर्दैछ, कस्ता एजेण्डा उठाउने, कस्तो प्रस्तुति गर्ने जस्ता विषयमा पार्टीले आधिकारिक रूपमा उहाँहरूसँग छलफल गर्ने निर्णय गरेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर