चिनियाँ राजदूतको ‘बेलगाम बोली’

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जिम्मेबारी सम्हालेयता उनका अभिब्यक्ति विवादमा आइरहेका छन् । उनले कहिले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत बनेको भन्छन् त कहिले ड्रयागन रेशलाई ग्लोबल कल्चरल इनिसियटिभ (जीसीआई) को कार्यक्रम भएको सार्वजनिक अभिब्यक्ति दिन्छन् । यस्तै उनले नेपालका सुरक्षा प्रमुखहरुसँगको भेटमा अमेरिका र भारतसँगको सहकार्यका विषयमा टिप्पणीगर्ने र चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) को चर्चा गर्न नछुटाउने एकजना सुरक्षा प्रमुख सुनाउछन् ।

नेपालमा कुटनीतिक ओहदाका वरिष्ठ ब्यक्ति राजदूत छन्का यी र यस्तै अभिब्यक्तिले उनी विवादमा आइरहेका छन् । यस्तै उनी नेपाल आएदेखि दूतावासका गतिविधि र अधिकारीहरुको काम कारबाही समेत नेपालको क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नै अप्ठेरोगर्ने किसिमका भइरहेको परराष्ट्र मामिलाका जानकारहरुको बुझाई छ ।

राजदूत छन्को यो श्रृंखलाले गएको शनिवार भने कुटनीतिक सीमा नै नाघ्यो ।

उनले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा गैरकुटनीतिक टिप्पणी गरे।

राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरेका हुन्। नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने भनाइ खुलेर राखे । यस्तै नुनमा भारतको निर्भरता तोडन नेपालले नयाँ नीति बनाउन आवश्यक रहेको बताए ।

‘उदाहरणका लागि, डा रोकायाले नेपालसँगको नुन व्यापारमा भारतको एकाधिकारको उदाहरण साझा गर्नुभयो। त्यो यथार्थ हो। नेपालले आफ्नै आर्थिक नीति बनाउँदा त्यसलाई ध्यानमा राख्नुपर्छ’, राजदूत छन्को भाषणको एउटा अंशमा भनेका छन्, ‘ दुर्भाग्यवश, तपाईंसँग भारत जस्तो छिमेकी छ, तर सौभाग्यवश तपाईंसँग भारत जस्तो छिमेकी छ, किनभने भारत एक विशाल बजार हो, तपाईं ट्याप गर्न सक्नुहुन्छ ठूलो सम्भावना छ । तर, नेपाल र अन्य छिमेकीहरूप्रति भारतको नीति त्यति मैत्रीपूर्ण र नेपालका लागि त्यति हितकर पनि छैन । त्यसैले त्यसलाई हामी नीतिगत बाधाहरू भन्छौं ।’

उनले नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्दा नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गरेको समेत भाषणमा बताए । भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको उनको भनाई थियो । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ? चिनियाँ राजदूत छन्ले प्रश्न गरे।

केही नेपाली कूटनीतिज्ञहरूले नेपाल र भारतको सम्बन्धमाथि चिनियाँ राजदूतले गरेको टिप्पणी आपत्तिजनक भएको बताएका छन् । उनीहरुले छिमेकी देशसँगको सम्बन्ध नेपालको नितान्त आन्तरिक मामिला भएकाले चीनका राजदूतले खुलेर आलोचनात्मक टिप्पणीगर्नु गैरकुटनीति भएको बताएका हुन् ।

राजदूत छन्ले नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि उल्टै भारतबाट ठूलो पुँजीमा विद्युत आयात गरिरहेको समेत दाबी गरे

उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको बताए।‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले ७ अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ। यसैलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ,’ उनले भने।

उनले चिनियाँ अर्थतन्त्र नेपालको लागि राम्रो हुने दाबी गरे। नेपालले चीनको अर्थतन्त्रबाट केही सिक्नुपर्ने उनको भनाइ छ। ‘चीनको भविष्य एकदम राम्रो छ। नेपालजस्ता अति कम विकासित मुलुकहरूको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपालीहरूलाई मेरो सुझाव छ, नेपालको आर्थिक अवस्थाको पुनर्संरचना हुनुपर्छ। चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्छ। चिनियाँ अर्थतन्त्रलाई नजिकबाट नियाल्नुपर्छ।’

राजदूत छन्ले आफूले नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक भएको सुनेको बताए। तर यथार्थमा त्यस्तो नरहेको बताउँदै उनले चिनियाँ अर्थतन्त्रको संरचनासँग सहकार्य गर्न नेपाललाई आग्रह गरे। ‘मलाई भनिएको थियो, नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक हो। तर अहिले नेपालले कृषि उत्पादन भारतबाट आयात गरिरहेको छ। म नेपाल सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु,’ उनले भने।

उनले नेपालमा उद्योगहरू नभएका कारण उत्पादन खुम्चिरहेको बताए।‘नेपालमा पर्याप्त उद्योग छैनन्। भएकाले पनि भारतमाथि भर पर्छन्। अनि कसरी उत्पादन हुन्छ,’ उनले भने।

उनले नेपाल र चीनबीच व्यापार घाटा भएको हल्ला फिजाइएको बताए। तर चीनले नेपाली उत्पादन निर्यात गर्न सधैं हौसला दिँदै आएको उनको भनाइ छ। ‘नेपालबाट कृषि सामग्री निर्यात गर्न चीन तयार छ। तर नेपालसँग त्यस्तो केही उत्पादन नै छैन,’ उनले भने। उनले आफू नेपाल सरकारसँग नजिक भएर काम गरिरहेको बताए।

प्रतिक्रिया

One thought on “चिनियाँ राजदूतको ‘बेलगाम बोली’

  1. Chinese ambassador has analyzed properly about present Nepal’s condition based on truth and reality. May be he has violated the diplomatic discipline but truth is truth. Our so called political leaders should realize it and should reframe the economic development structure if your politics is for people and country.

Leave a Reply

Your email address will not be published. Required fields are marked *