अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्तिप्रति आपत्ति

नेपालका लागि चिनियाँ राजदूत छन सोङको हालैको एक विवादास्पद अभिव्यक्तिको संसदीय समितिमा विरोध भएको छ।

गत शनिवार राजदूत सोङले नेपाल-भारत सम्बन्ध र नेपालको अर्थतन्त्रबारे दिएको अमर्यादित अभिव्यक्तिप्रति बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूले आपत्ति जनाएका हुन्।

राजदूत सोङले भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको बताउँदै यस्तोमा नेपाल कसरी आत्मनिर्भर बन्न सक्छ भन्ने अमर्यादित अभिव्यक्ति दिएका थिए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले चीनका राजदूतले दिएको अभिव्यक्ति गैरकूटनीतिक रहेको बताए। यसलाई नजरअन्दाज गरिए थप असहजता सिर्जना हुन सक्ने समेत उनले बताए।

यस्तै आम जनता पार्टीका सांसद प्रभु साहले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयमा उनले माफी मागे माफी दिनुपर्ने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्ने समेत बताए।

बैठकमा सांसदहरूले चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए।

साथै सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न अमेरिका र चीन भ्रमणमा उठ्नुपर्ने विषयबारे पनि सुझाव दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *