म अब्बल नेता होइन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले राष्ट्रको अहित हुने काम कुनै पनि हालतमा नगर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी ’ कार्यक्रममा विद्यार्थीहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रको सम्पत्तिलाई छलकपट गरेर आफूले दुरूपयोग नगर्ने र जे गरे पनि इमान्दारीताका साथ गर्ने बताएका हुन्।

उनले भने,‘म अब्बल नेता त होइन, तर इमानका साथ काम गर्छु। इमान्दार प्रयास गर्छु। देशलाई माया गर्छु, जनतालाई माया गर्छु। कुनै हिसाबले पनि चलखेल, छलकपटले राज्यको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनु हुँदैन भन्ने मान्यता राख्छु। र, जे गर्छु इमान्दारिताका साथ गर्छु।’

उनले आफूले नेपालविरूद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको भन्दै नयाँ पुस्तालाई देशको भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने गरी तयारी गर्न आग्रह गरे।

उनले भने, ‘म अब्बल नेता होइन। अब तपाईंहरूजस्तै नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ। नेपालविरूद्धको षड्यन्त्रलाई पराजित गर्न सकेको छैन। हाम्रो भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने हुनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर