शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए। उनले भने, ‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले अलि बढी नै प्राथमिकता दिएर कुनै पनि शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन र शान्तमय वातावरण स्थापित गर्ने कुरामा हामी गम्भीर छौं।’

उप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको हकमा पनि ऐनलाई प्रभावकारी रूपमा अगाडि बढाउने, कार्यान्वयन गर्ने र चिकित्सकहरूले जिम्मेवारीपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन्।

सरकार र गृह मन्त्रालयसँग सम्बन्धित कुरालाई विशेष समस्यामा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर