आन्दोलनरत अभियन्तालाई वार्तामा बाेलाएका हाैं, राजनीतिक स्वार्थले आएनन् : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा राजनीतिक स्वार्थ जोडिएकाले नआएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सभागृह अगाडि आन्दोलनरतलाई संवादमा बोलाउँदा पनि नआएको भन्दै के वार्ता हामीले उहाँहरूको नेतासँग गनुपर्ने हो भनी प्रश्न गरेका छन्।

उनले लेखका छन् ,‘विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं, यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियन्तताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौं, सयाद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने?’

ईःलगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *