
इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ र अमेरिकी पाहुना काठमाडाैंमा


काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध रहेका चीनको छेङ्दु, नानजिङ, छेन्जाउ र सियान प्रान्तबाट १७ जना पाहुना इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएका छन् ।
त्यस्तै अमेरिकाबाट ३ जना र नेपालका ८ स्थानीय तहबाट २२ जना पाहुना पनि इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।
इन्द्रजात्रा अवलोकनका साथै काठमाडौंमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित पाहुनाहरूलाई निम्तो दिइएको सहायक प्रवक्ता अधिकारीले बताए ।
अधिकारीका अनुसार पाहुनाहरूलाई बुधबार होटेल सोल्टीमा सांस्कृतिक कार्यक्रमकाबीच स्वागत गरिँदै छ ।
महानगरले पाहुनाहरूका लागि आयोजना गरेको ककटेल पार्टीमा स्थानीयले नै उत्पादन गर्ने गरेको पेय पदार्थ राखिएको छ । जुन महानगर प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रममै ‘स्थानीय उत्पादित पेय पदार्थलाई प्रवर्द्धन गर्ने’ घोषणा गरेअनुरूप हो ।
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
- रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत
प्रतिक्रिया