मेजर डम्मरबहादुर पुनको कमाण्डमा ९१ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

नेपाली सेनाले शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिशन (यूएनमिश) मा तैनाथ शेर गण बाह्रौं डफ्फालाई बदली गर्न तारादल गण तेह्रौं डफ्फाका ९१ जना शान्ति सैनिकहरू बुधबार मिशन इलाकातर्फ प्रस्थान गरेका छन्।

सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो। गणपति प्रमुख सेनानी अनिल केसीको कमाण्डमा रहेको सो गणका ६०९ जना सकलदर्जा यस अगावै मिशन इलाका पुगिसकेका छन्।

यस्तै उक्त मिसनमा तैनाथ शेर गण बाह्रौं डफ्फाका ९१ जना शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी मदनजंग कार्कीको नेतृत्वमा बुधबार नै स्वदेश फर्किसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *