पार्टीहरूभित्र आदर्श हराउँदै गयो : सीपी गजुरेल

देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले नेपालका कम्युनिष्ट आन्दोलनमा विचार र राजनीतिको खडेरी आएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘क. ओम गुरूङ स्मृतिग्रन्थ’ विमोचन कार्यक्रममा उनले पार्टीहरूभित्र आदर्श भन्ने कुरा हराउँदै गएको बताए ।

उनले भने, ‘फेरि नेपालको कम्युनिष्ट आन्दोलनमा विचार र राजनीतिको खडेरी आएको छ । राजनीतिमा आएको खडेरीले उनीहरूको जीवनशैलीमा प्रभाव परेको छ । पार्टीहरूभित्र आदर्श भन्ने कुरा हराउँदै गएको छ ।’

उनले प्रत्येक कम्युनिष्ट पार्टी ओम गुरूङले पछ्याएको बाटोमा हिँड्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर