एमालेलाई दुःख हुँदा सिंगो नेपाललाई दुःख हुन्छ : नेता श्रेष्ठ

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक आफ्नो पार्टी भएको दाबी गरेका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा नेपाल संवत् ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक एमाले भएको जिकिर गरे ।

उनले भने ‘नेपाल संवत् ११४४, नववर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनौं, निरंकुश राजासहितको निर्दलीय तानाशाही पञ्चायत व्यवस्था फ्याँक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ । त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउने क्रममा यो एउटा आन्दोलन हो । यो आन्दोलनको नायक नेकपा (एमाले) हो । हामीले गर्वसँग भन्नुपर्छ ।’

नेकपा (एमाले) ले नै नेपाल संवत् मनाउने औपचारिक कार्यक्रम थालनी गरेको उनको भनाइ छ । ‘नेकपा (एमाले) नै यस्तो पार्टी हो, जसले वसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा (एमाले) को ब्यानरबाट सहभागी भएर आजसम्म यसलाई निरन्तरता दिइरहेको छ । कुनै अरू पार्टीको ब्यानर त्यहाँ आउने आँट गर्दैन । नेकपा (एमाले) दृढताका साथ यसलाई अगाडि बढाउँछ । यसको पछाडि महत्त्वपूर्ण भूमिका छ । यो एउटा आन्दोलन हो ।’

राष्ट्रको सुख-दुःख एमालेको सुख-दुखःसँग जोडिएको उनको तर्क छ । ‘एमालेको लागि शुभ हुदाँ सिंगो देशको लागि शुभ हुन्छ र एमालेलाई दुःख हुदाँ सिंगो नेपाललाई दुःख हुन्छ । ११४३ सिंगो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको लागि दुखद् रहेको छ । अब ११४४ मुलुकको लागि एउटा सफल वर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चाहन्छु,’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर