छैटौं संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि

नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डीआरइई-२०२३) सञ्चालन हुने भएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ । उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसगँको शैक्षिक छलफल र टेवल कार्य काठमाडौँमा तथा स्थलगत प्रशिक्षण अभ्यास चितवनमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अभ्यासमा विपद् व्यवस्थापन कार्यसँग आबद्ध नेपालका सरकारी तथा गैरसरकारी निकायबाट दुई सय १० र अमेरिकी सेनाका ४४ तथा भारत, मालदिभ्स, मङ्गोलिया, थाइल्यान्ड, श्रीलङ्का, क्यानडा र बेलायतबाट १६ गरी कुल दुई सय ७० जनाको सहभागिता रहनेछ ।

उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर