काठमाडौंमा नेपाल र यमनबीच विश्वकप छनोटको दोस्रो खेल

विश्वकप फुटबल छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले, मंगलबार पत्रकार सम्मेलन गरी नेपाल र यमनबीचको पहिलो खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने बताएको छ । एन्फा प्रवक्ता सुरेश शाहले काठमाडौंमा हुने खेलमा विषयमा पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

घरेलु मैदानमा यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने एन्फाले जनाएको छ।

यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो खेल भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने तय छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले बताएका छन् ।

विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रशिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य खेलका लागि छानिने छन् ।
यस्तै यमनी राष्ट्रिय टोलीका लागि भने च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाएको शाहले बताए ।

नेपाल र यमनबीचको खेलका लागि टिकटको मुल्य साधारण प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको शाहले बताए । यस्तै उक्त खेलको प्रत्यक्ष प्रशारणको तयारी अन्तिम चरणमा पुगेको र मिडिया पार्टनर केही दिनमै टुङ्गो लगाउने एन्फाले जनाएको छ ।

दोस्रो चरणको सबै खेलको कमर्सियल एन्ड मिडिया राइट सिंगापुरस्थित स्पोर्टफाइभलाई दिइएको छ ।

एन्फाले खेलको अनुमानित लागत ७३ लाख ६८ हजार ४०० रुप्ैइाँ लाग्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *