यू-१९ एसिया कप : भारतसँग लज्जास्पद हार्दै प्रतियोगिताबाट बाहिरियो नेपाल

दुबईमा जारी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।

नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले बिना कुनै क्षति पूरा गर्‍याे । भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको हो ।

भारतका ओपनर ब्याट्सम्यान आदर्श सिंहले १३ रन र अश्र्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गर्‍याे । नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको नेपालको रन रेटसमेत ऋणात्मक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर