विभाजनको संघारमा लोसपा, यस्तो छ विवादको कारण

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ। लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो।

लोसपा केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद भएको छ, जसले गर्दा गत आइतबारको केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिष्कार गरेका छन् । ठाकुर पूर्वकांग्रेस नेता हुन् भने महतो पूर्वसद्भावना नेता हुन् । यी दुवै नेताका बीचमा पार्टी केन्द्रीय समिति विस्तारलाई लिएर विवाद चर्किदै गएको छ। पछिल्लो समय महतो पार्टी कार्यालयसमेत जान छोडेका छन् ।

पार्टी अध्यक्ष ठाकुरले ३ सय ११ सदस्यीय केन्द्रीय समिति बनाएका थिए । तर, समितिमा महतो र अर्का नेता अनिल झानिकट कार्यकर्ताले राम्रो ठाउँ पाउन सकेनन् । पूर्वकांग्रेससमेत रहेका अध्यक्ष ठाकुरले पूर्वसद्भावना समूहलाई पेलानमा पारेको बुझाइ महतोको छ। मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका वफादार कार्यकर्तालाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झा असन्तुष्ट छन् ।

संस्थापन पक्षले सल्लाहबिनै केन्द्रीय सदस्यहरू बढाउने÷हटाउने गरेकाले महतो पक्षले बहिष्कार गरेको हो । ‘हामीलाई थाहै नदिई पार्टीमा योगदान पु¥याएका साथीहरूलाई हटाइएको छ, मधेस आन्दोलनमा योगदान पुर्याएका व्यक्तिलाई हटाइएको छ,’ महतोले भने। आफूहरूसँग सल्लाह नै नगरी केन्द्रीय समिति विस्तार गरिएको बताउँदै उनले यस’boutमा सल्लाह दिँदासमेत सुनुवाइ नभएपछि बैठकमा नगएको बताए ।

यस’बारे तीन महिनाअघि नै अध्यक्ष ठाकुरलाई जानकारी दिएको तर कार्यान्वयन नभएको महतोले बताए । केन्द्रीय सदस्यको सूची सच्याउने र फरक मतलाई पनि सुनुवाइ गर्ने भनेका अध्यक्ष ठाकुरले सुनुवाइ नगरेको महतोको आरोप छ ।

महतोको केन्द्रीय समिति बैठकबारेमा संस्थापन पक्षले भने कार्यालयमा औपचारिक जानकारी नभएको बताएको छ। महासचिव सुरेन्द्र झाका अनुसार महतोको असन्तुष्टि पार्टीभित्र आएको छैन । बाहिरबाहिर गएर हल्ला गरे पनि आधिकारिक रूपमा पार्टीमा जानकारी नभएको उनले बताए ।

‘अहिलेसम्म पार्टीको बैठक थिएन, केन्द्रीय कार्यसमितिको विस्तारित बैठक मधेसमा गर्ने तयारी थियो, राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्न बैठक गर्नुपर्ने भएकाले बैठक बसेको हो, एक तिहाइ महिला पुग्नुपर्छ, त्यसको तयारीमा बैठक बसेको हो, उहाँको असन्तुष्टि बैठकमा आएर राखेको भए राम्रो हुनेथियो,’ महासचिव झाले भने । ४ सय १ जना केन्द्रीय सदस्यमा ३ सय ११ सदस्य मात्र रहेको र महतोले भनेको सदस्यका लागि सिट खाली रहेको झाले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *