बालेनले प्रधानमन्त्रीलाई भने- फोहोर व्यवस्थापनमा सहयोग गर्नुस्

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् ।

२९ औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह गरे ।

उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर