नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाण : सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी तिरे, अख्तियारले साधारण तारेखमा छाड्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा सात महिनादेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाड्ने निर्णय गरेसँगै सात महिनाकाे कारागार बसाइपछि उनी थुनामुक्त भएका हुन्।

यसअघि उनीसँग शुक्रबार नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएका १५ लाख रूपैयाँ धरौटी मागिएको थियो।

उक्त धरौटी बुझाएपछि खाणलाई टंगालस्थित अख्तियार केन्द्रीय कार्यालय लगिएकामा अख्तियारले साधारण तारेखमा राख्ने निर्णय गरेको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी गरेको अभियोग लागेर थुनामा गएका उनलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, शुक्रबार सम्पत्ति शुद्धीकरणले उनीसँग त्यसकाे आधा अर्थात् १५ लाख रूपैयाँ मात्रै धरौटी मागेको हो।

उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार उनले ३० लाख धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो।

सम्पत्ति शुद्धीकरणबाट निस्किएपछि खाणलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो। अख्तियारले धरौटी नलिई साधारण तारेखमा मात्रै राख्ने निर्णय लिएपछि खाण केन्द्रीय कारागार सुन्धाराबाट थुनामुक्त भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर