माल्टा पठाइदिने भन्दै ठगेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछापको तामाकोशी लिखु गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२६, मैपी बस्ने २६ वर्षीय पोसाक सुनुवारलाई पक्राृ गरेको हो।

कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार उनले टेकबहादुर गुरूङलाई माल्टामा मासिक १ लाख रूपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारेका थिए।

उनले त्यसका लागि ९ लाख ५० हजार रूपैयाँ लाग्ने बताएका थिए।

यसरी विश्वासमा पारेर पीडितबाट पटक-पटक गरी ३ लाख ३० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका उनलाई मंसिर ३० गते मैपीबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर