परराष्ट्रसचिव लम्साल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग शिष्टाचार भेट गरेका छन्।

राजदूत श्रीवास्तवले मंगलबार परराष्ट्र मन्त्रालयस्थित सचिव लम्सालको कार्यकक्षमा उनीसँग भेटवार्ता गरेका हुन्।

लम्साल परराष्ट्रसचिवमा नियुक्त भएपछि भारतीय राजदूतले पहिलो पटक उनीसँग भेटवार्ता गरेका हुन्।

भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपालको परराष्ट्रसचिवमा नियुक्त भएकामा लम्साललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।

उक्त अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *