पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री

देशको मौसम अनुगमन एजेन्सीका अनुसार पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो हो ।

गत हप्ताको सुरूदेखि रूसको साइबेरियाबाट सुरू भएको चिसो मंगोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीका अनुसार डिसेम्बर २६, १९९६ मा मंगोलियाको इतिहासमा सबैभन्दा बढी चिसो मापन गरिएको थियो । त्यसताका तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *