नागपुर ध्यान शिविरमा नेपालसहित ७० राष्ट्रका साधक सहभागी

भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठदिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरूले सहभागिता जनाएका छन् ।

शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ । नेपालबाट प्रतिनिधित्व गरेर शनिवारसम्म विभिन्न पार्टीका नेता तथा साधकहरूको उपस्थिति रहेको थियो ।

निःशुल्क महाशिविरमा हरेक दिन विश्वभरका ७० राष्ट्रका करिब १ लाख ५० हजार साधकहरूको सहभागिता रहने गरेकाे हिमालय समर्पण ध्यान योगका नेपाल प्रचारक तुलसीराम रेग्मीले बताए ।

रेग्मीका अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहभागिता रहेको थियो भने समापन सत्रमा आगामी मंगलवार नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ ।

उनले आगामी दिनमा नेपालमा नै शिविर गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । आध्यात्मिक र आन्तरिक पर्यटन वृद्धिका लागि योग शिविर महत्त्वपूर्ण साबित हुने बताए ।

पुस ३ गते सुरू भएको ध्यान शिविर १० गतेसम्म चल्नेछ । हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर सञ्चालन हुने गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *