शिक्षकको तलब कर्मचारीको भन्दा बढी हुनुपर्छ : सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीहरूको भन्दा शिक्षकको तलब एक रूपैयाँले भए पनि बढी हुनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले निजामती कर्मचारीहरूको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताएका हुन्।

उनले शिक्षकहरूको तलब एक रूपैयाँले भए पनि कर्मचारीहरूको भन्दा बढी हुनुपर्ने धारणा राखे। उनले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुसी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म शिक्षकहरूले संगठनात्मक गतिविधि गरिरहने बताए।

त्यसो हुँदा शिक्षण सिकाइमा स्तरीयता पनि नहुने उनको भनाइ छ। उनले हाल शिक्षकहरूमा देखिएका सबै प्रकारका समस्यालाई एकमुस्ट रूपमा सम्बोधन गर्नुपर्ने बताए।

उनले कार्यालय सहयोगी, लेखापाल र ईसुीडी शिक्षकको समस्या पनि विद्यालय शिक्षा ऐनले समाधान गर्ने गरी आउनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर