६१ उद्योगले महसुल तिरेका छैनन्, बाँकीको पनि लाइन काट्दै जानेछौं : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगहरूको लाइन सामूहिक निर्णयबाट काटिएको बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा महसुल नतिर्नेहरूको लाइन काटिएको बताएका हुन्।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महसुल नतिर्ने उद्योगको विद्युत लाइन काटिएको बताए।

उनले नेपाल विद्युत प्राधिकरणको एकल निर्णय र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन नकाटिएको सपष्ट पारे।

कार्यकारी निर्देशक घिसिङले उद्योगहरूले रकम भुक्तानी नगरेपछि लाइन काट्नुको विकल्प नरहेको निस्कर्षसहित विद्युत लाइन काटिएको बताए।

उनले करिब ६१ वटा उद्योगीहरूको ट्रंक लाइन र डेडिकेटेड महसुल बाँकी रहेको बताए। जसमध्ये अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुल नतिर्ने ९ वटा उद्योगको लाइन काटिएको र बाँकीको क्रमशः लाइन काट्दै जाने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर