बालकुमारीमा भौतिकमन्त्रीको लापरबाहीले दुर्घटना भयो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको उनले बताए।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए।

उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। उनले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए।

उनले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए।

महामन्त्री थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे। उनले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए।

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरूको जीवन हेर्ने गरी अघि बढ्न सुझाव दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर