सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको प्रदेश हो : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्त्वहरु बढी भएको स्थान रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘दृश्यमा खप्तड शृंखला-२’ को विमोचन कार्यक्रममा बोल्दै उनले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरू खुलेको बताए।

उनले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्त्वपूर्ण रहेको बताए। उनले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्त्वपूर्ण रहेको बताए।

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *