सशस्त्र प्रहरीमा २८८ जनाका लागि जागिर खुल्यो

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको हाे।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।

sashastra

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *