एकीकृत समाजवादीमा राष्ट्रियसभा उम्मेदवार चुन्ने जिम्मा माधव नेपाल, राजेन्द्र पाण्डे र घनश्याम भुसाललाई

नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको छ ।

पार्टीको आज बसेको बैठकले उम्मेदवार छनोट गर्न तीन नेतालाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । निर्वाचनका लागि पार्टीले कुन प्रदेशमा कति सिट सङ्ख्या प्राप्त गर्ने सम्भावनाका विषयमा गठबन्धनको बैठकमा छलफल गर्ने जिम्मेवारी बैठकले नेतात्रयलाई दिएको छ ।

नेकपा (एमाले) ले सत्ता गठबन्धनसँग सो निर्वाचनमा सिट मागेको विषयमा पनि छलफल गरिएको बैठकले प्रतिपक्षलाई सिट दिन नहुने निष्कर्ष निकालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर