जसपाले बोलायो केन्द्रीय समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ।

केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ । उक्त बैठक दुई दिन चल्ने छ।

बैठकमा पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए।

उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *