नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल

२३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा शनिवार ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागितामा सञ्चालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहेका थिए ।

प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको छ ।

महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एकआपसमा मायाको चिनो आदानप्रदान गर्नुका साथै महानिरीक्षक अर्यालले खेलमा सहभागी खेलाडीहरू, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए ।

खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायब महानिरीक्षक केदार ढकाललगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *