राष्ट्रपतिले माघ २२ मा बोलाए संसद अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते संघीय संसदको हिउँदे अधिवेशन बोलाएका छन् ।

राष्ट्रपति पौडेलले माघ २२ गते अपराह्न ४ बजे संसदको दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बाेलाएका हुन् ।

मंगलवारको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन् ।

संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *