जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती हो : अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिमा जाँदा जनताको बहुदलीय जनवाद(जबज)को सिद्धान्त त्याग्न नसकिने बताएका हुन्।

सोमबार पार्टीको दोश्रो केन्द्रीय परिषद्को बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले समाजवादी क्रान्तिमा जाँदा जनताको बहुदलीय जनवाद(जबज)को सिद्धान्त त्याग्न नसकिने बताएका हुन्।

उनले भने, ‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन। त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो। हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं। कम्युनिष्टविरोधी अभियान चलिरहेको छ। त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन। बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं। त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो। जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔं भन्ने मान्यता आत्मघाती मान्यता हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर