चार हजार घुस लिएको भन्दै अमिनमाथि मुद्दा दायर

चार हजार घुस लिएको भन्दै अमिनमाथि मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुस लिएको भन्दै नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अमिन गोविन्द ढकालमाथि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको पूर्वसूचनाको आधारमा ढकाललाई घुस मागि सकेपछि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर