कांग्रेस संसदीय दलको बैठक आज बस्दै

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताए।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *