कांग्रेसले तोक्यो प्रतिनिधिसभाका विषयगत समितिको संयोजक

नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले विषयगत १० वटा समितिको संयोजक तोकेको हो।

जसअुनसार अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादवसंयोजक तोकिएकी छिन्।

यस्तै,कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा, महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *