आगामी अधिवेशनमा संविधान अनुसारको कानून निर्माणका लागि सरकारलाई दबाब दिन्छौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्यमुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्याउने गरी सरकारलाई दिवाव दिने निर्णय गरेको हो।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले जनतासँग गरिएको बाचा, संविधानमा गरिएको व्यवस्था र नागरिक अधिकार तथा स्थानीय समस्या समाधानका लागि के, कस्ता पहलहरु भए र आगामी अधिवेशनमा त्यसलाई कसरी कसरी अघि बढाउनु हुन्छ भनि सांसदहरुलाई प्रश्न गरेका थिए। ती प्रश्नहरुमा केन्द्रित भएर सांसदहरुले आफ्नो कार्ययोजना पनि बैठकमा प्रस्तुत गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए।

उनले भने,‘यो पटक पार्टी संसदीय दलको बैठकमा महत्वपूर्ण कुरा के थियो भने पार्टी सभापतिजीले लगभग एक हप्ताअघि नै सम्पूर्ण सांसदहरुलाई तीन वटा प्रश्न उहाँले पठाउनुभएको थियो। ती प्रश्नहरुमा हामीले जो संविधान निर्माण गरेपछाडि राज्य सञ्चालन गर्न आवश्यक पर्ने ४० वटा विधेयक जो भनिएको थियो। ती विधेयकहरुमा काम के भइराखेको छ? तपाईसँग सम्बन्धित समितिको अवस्था के छ? एउटा त्यो प्रश्न गर्नुभएको थियो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *