त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी चन्दले दिए राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन्।

चन्दले शनिबार राजीनामा दिएका हुन्। तर,प्रहरी केन्द्रीय प्रवक्ता भिमप्रसाद ढकालले भने अहिलेसम्म आफूलाई जानकारी आइनसकेको बताए।

उनले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन्।

गत वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी सम्हालेका चन्दले स्वेच्छिक अवकाश लिएका हुन्।

चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।

राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर