गोली लागेका सुनचाँदी व्यवसायी खतरामुक्त

पश्चिम नवलपरासीमा गोली लागेका सुनचाँदी व्यवसायी खतरामुक्त रहेका छन्।

गएराति अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका बर्दघाट नगरपालिका-१६ का सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मा खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक(डिएसपी) रेशम बोहराले गोली लागेका व्यवसायी खतरामुक्त रहेको र उनको परिवारले भने थप उपचारका लागि काठमाडौं लग्न खोजिरहेको पर्दाफाससँग बताए।

उनको देब्रे पाखुरामा गोली लागेको थियो। विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरिएको पनि पाइएको हो। उनको देब्रे हातको केही भाग काटिएको छ। पसल बन्द गरेर फर्कदै गर्दा लुटेरा समूहले आक्रमण गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको थियो।

घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनामा संल्गन व्यक्तिहरूको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *