कांग्रेसको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको उनको शोक प्रस्ताव पारित गर्न  आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक मंगलबार बिहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *