सभापति लामिछानेको प्रश्न : बेथिति विसंगति सुधार गर्न नयाँ दलले रोकेको हो त?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथिति विसंगति भएको सबैलाई थाहा भएको तर सुधार गर्न नयाँ दलले रोकेको हो त भन्दै सत्तारुढ दललाई प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले बेथिति विसंगति भएको सबैलाई थाहा भएको तर सुधार गर्न नयाँ दलले रोकेको हो त भन्दै सत्तारुढ दललाई प्रश्न गरेका हुन्।

उनले भने, ‘सत्तारुढ दलको कुरा सुनियो। सबै थाहा रहेछ। कहाँ बेथिति विसंगति भएको रहेछ, कहाँ सुधार गर्नुपर्ने रहेछ। नगरेको चाहिँ किन? सबै थाहा रहेछ। रोकेको कसले? हामी नयाँ दलले रोकेको हो त? नयाँ दलले रोकेको भए कहाँनेर रोक्यो?,” उनले प्रश्न गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *